बिराट कोहोली बिरुद्ध किन खनिए नेपाली प्रयोगकर्ता ?

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहली बिरुद्ध सामाजिक सञ्जाल प्रयोगकर्ताह रुष्ट देखिएका छन् । कोहोलीले एउटा भिडिओमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका हुन् ।

कोहोलिले आफन सामाजिक सञ्जालमा पेरिस २०२४ मा सहभागी हुने भारतीय टोलीलाई शुभकामना दिने क्रममा बनाइएको उनको भिडिओ सेयर गरेका थिए ।

पेरिस ओलम्पिकमा सहभागी हुने भारतीय एथ्लेटहरूलाई उनको फेसन कम्पनी रोनले प्रायोजन गरेको भिडियोमा नेपालको हिमाल प्रयोग गरिएपछि आलोचना भइरहेको छ ।

सो भिडियोमा चुलु पूर्वी हिमाल राखिएको छ । सो हिमाललाई भारतको भन्ने आशय भिडियोमा देखाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here