बाढीले क्षति पुर्याएपछि गोरखाको बेनिघाट-आरुघाट सडखण्ड अबरुद्ध

काठमाडौं । गोरखाको बेनिघाट-आरुघाट सडखण्ड अबरुद्ध भएको छ। सो सडकखण्डको ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको हो ।

डाइभर्सन पुल गत बर्षमात्र निर्माण सम्पन्न भएको हो। बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौंबाट बेनिघाट,आरुघाट जाने सवारी चल्न सकेको छैन। त्यस्तै सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न पनि सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here