सुनको भाउ घट्यो, ग्राहकलाई मिल्ला त राहत?

काठमाडौं । विगत केहीदिनयता दैनिक नयाँ रेकर्ड राखिरहेको सुनको भाउ आज भने घटेको छ । नेपाली बजारमा बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेकोमा बिहीबार ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घट्दै १ लाख ४९ हजार ५ सय रुपैयाँमा झरेको हो । बुधबार प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घटेर १८ सय ६० मा झरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here