द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं । द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । उनको बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ९१ वर्ष श्रेष्ठ २ महिनायता निमोनियाबाट पीडित थिइन् ।

शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ । उनी ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय थिइन् ।

श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनका दुई छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here