महिला एसियाकप आजबाट सुरु, नेपालले यूएईको सामना गर्दै

काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उदघाटन खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।नेपाल यूएईबीचको खेल दिउँसो सवा २ बजे शुरु हुनेछ । आजै भारत र पाकिस्तान पनि खेल्दैछन् ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् ।

एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । आजदेखि शुरु हुने प्रतियोगिताको फाइनल खेल यही जुलाई २८ अर्थात आउँदो १३ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here