संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न निर्देशन दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको छ। मन्त्रालयले ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न भनेको छ । विस्तारित सेवा सुरु गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन समेत दिइएको छ।

‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूले विस्तारित अस्पताल सेवा कार्यक्रमसम्बन्धी कार्यविधि, २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न गराउनुहुन र सो सेवा संचालन गरेपश्चात मन्त्रालयलाई जानकारी गराउन हुन अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यविधिको ढाँचा स्वास्थ्य मन्त्रालयको वेभसाइटबाट सकिने मन्त्रालयले जनाएको छ ।

नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले महिना दिनभित्र लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेकै बेला विस्तारित अस्पताल सेवा कार्यक्रम लागू गर्नका लागि मन्त्रालयले निर्देशन जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here