वुमन एसिया कपमा नेपालको विजयी सुरुवात

काठमाडौं । वुमन एसिया कपमा नेपालले विजयी सुरुवात गरेको छ । युएइविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।

नेपालका ओपनर सम्झना खड्काको शानदार ब्याटिङमा नेपालले युएईविरुद्ध ६ विकेटले जित निकालेको हो । खड्काले ४५ बलमा ११ चौका हानेर ७२ रन जोडेकी छिन् ।

युएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो । नेपालले १६.१ ओभरमा भेटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here