आज यी स्थानमा पर्छ पानी, सर्तकता अपनाउन महाशाखाको अपिल

काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा बर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

त्यस्तै आज दिउँसो आंशिक बदली यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज रातिकोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले केही दिन मेघ गर्जनरचट्याङसिहत हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here