गगन थापाले भने ‘कांग्रेस र एमालेबीचको सहमति आइतबार संसदबाट सार्वजनिक गर्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेबीचको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदबाट सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

आज ४२ औं बीपी स्मृति दिवशको अवसरमा आयोजित कार्यक्रममा उनले यस्ते बताएका हुन् । थापाले आफैं हस्ताक्षरकर्ता नै भएकाले ओलीले उक्त सहमति आइतबार प्रतिनिधिसभामा विश्वासका मत लिने क्रममा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘७ बुँदे समझदारी केके रहेछन् त्यो सबै सामु राख्न आवश्यक छ’उनले भने ।

संसदमा दुई ठूला र आपसी प्रतिस्पर्धामा रहेका दलहरुबीच नै समझदारी भएकामा विभिन्न आशंका रहेको भन्दै उनले तर समझदारी भइसकेकाले त्यसको पालना गर्नुपर्ने र कामबाट यो समझदारीलाई पुष्टि गर्नुपर्ने बताए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण कांग्रेस र एमालेबीच सहमति भएको उनको खारोप छ । उनले अबको दुई वर्ष कांग्रेसले ढुक्कसँग प्रधानमन्त्री ओलीलाई काम गर्न दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here