प्रधानमन्त्रीले सुनाए नेपालले अन्तरिक्षमा आफ्नै स्याटलाइट स्थापना गर्ने योजना

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालले अब अन्तरिक्षमा आफ्नै स्याटलाइट स्थापना गर्ने बताएका छन् ।

संसदमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीले नेपालको स्वामित्वमा रहेको अर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटलाइट स्थापना गर्ने जानकारी दिए ।

इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले सन् २०१७ मा नै नेपालका लागि दुई ओटा जियोस्टेसनरी अर्बिटल स्लट उपलब्ध गराएको थियो ।

यसअघि नेपालले २०१९ मा जापान सरकारसँगको सहकार्यमा ‘नेपाली स्याट वन’ नामक स्याटलाइट पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here