डीआईजीबाट अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपनी नियुक्ति नपाई डीआईजीबाट अवकाश पाएका पोषराज पोखरेलको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

पोखरेलले ६ साउनमा सर्वोच्च अदालत रिट निवेदन पेश गरेका थिए । तर सर्वोच्च अदालत प्रशासनले उनको रिट दरपिठ दर्ता गर्न अस्वीकार गरेको थियो ।

एआईजी बढुवामा सिफारिस हुँदा समेत नियुक्ति नदिएका कारण डीआईजीबाटै अवकाश भएको भन्दै रिट पेस गरेका उनले आफ्नो रिट दरपीठ भएपछि दरपीठविरुद्ध अर्को निवेदन दिएका थिए । मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले पोखरेलको माग बमोजिम रिट निवेदन दर्ता गर्न आदेश दिएपछीपोखरेलको रिट दर्ता हुने भएको छ ।

१० असारमा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सिफारिस अनुसार बढुवा भएको भए उनी २० र २१ असारमा दुई दिनका लागि एआईजी हुने भएपनी एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरेलको एआईजी बढुवामा निर्णय गरेको थिए । पोखरेल १९ असारदेखि अनिवार्य अवकाशमा गए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here