१७ निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया शुरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १७ कन्ट्याक्टर निर्माण व्यवसायी कम्पनीलाई कालो सूचीमा राख्ने सिफारिस गरेको छ । विभिन्न सरकारी निकायले १७ वटा निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्न स्पष्टिकरण माग गरेपछी कार्यलयले यसको प्रक्रिया शुरु गरेको हो ।

सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पनि सार्वजनिक खरिद अनुगमन कार्यालयलले जारी गरेको सूचनामा उल्लेख छ ।

पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here