निष्क्रिय तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कम्पनी स्थापना गरिने

काठमाडौं । राष्ट्र बैंकले सम्पत्ती व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । आज गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१|८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गर्दै सरकार समक्ष पेस गर्ने योजना रहेको बताए ।

बैंकले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न कम्पनी स्थापना गर्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here