जहाज दुर्घटनाका लागि गठन गरिएको छानविन समितिमाथि लिङ्देनले उठाए प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जहाज दुर्घटनाका लागि गठन गरिएको छानविन समितिकै सदस्यमाथी प्रश्न उठाएका छन् । उनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न गठित समितिका एक सदस्यमाथि प्रश्न उठाएका हुन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजुलाई समितिमा राखेको भनेर प्रश्न उठाएका हुन् ।

सो अवसरमा उनले विमानलाई काठमाडौंमा नगरी सी–चेकका लागि पोखरा नै लैजानु पर्ने कारण समेत थाहा हुन नसकेको बताए ।

सौर्य एयरको जहाज गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडान भर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनाबाट जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको छ भने विमान चालक मनिषरत्न शाक्य घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here