टर्कीका जनता विश्वकै सबैभन्दा ठूलो चिया पारखी, नेपाल कति नम्बरमा ?

काठमाडौं । बिहान उठ्ने वित्तिकै पानी पनि नपिउदै हामीमध्य कतिजनाले चिया पिउछौ ? चिया नेपालीहरुको दिनको शुरुवात गर्ने तत्व मात्र होइन, जाडो भगाउने औषधी, पाहुनालाई स्वागत गर्ने तथा गफमा मिठास थप्ने अमृत नै हो ।

विभिन्न तथ्यांकहरुले देखाएअनुसार नेपालमा बार्षिक उत्पादन हुनेमध्य ९५ प्रतिशत चिया स्वदेशमै खपत हुन्छ । यसले अधिकांश नेपालीहरु चियाका पारखि रहेको देखाउछ । त्यसो त विश्वमा सबैभन्दा बढी खपत हुने पेय पदार्थमध्ये चिया दोस्रो हो । पहिलो पेय पानीलाई मानिन्छ ।

तर तपाँईलाई थाहा छ विश्वमा सबैभन्दा धेरै चिया मनपराउने देशहरुको तथ्यांकमा नेपाल निकै पछाडी आउछ ।

एफएओ (खाद्य तथा कृषि संघ) का अनुसार विश्वमा प्रत्येक बर्ष करिव ६७ लाख टन चिया उत्पादन हुने गरेको छ । जसमा चीन, भारत, केन्या र श्रीलङ्का मुख्य चिया उत्पादक मुलुक हुन् । स्टेटिस्टा कन्जुमर मार्केट आउटलुकका अनुसार सन् २०२५ सम्ममा विश्व चिया बजारको आकार १३४ दशमलव ४ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

टर्कीमा चिया पिउनेको संख्या विश्वकै सबैभन्दा बढी पाइएको छ । टर्कीमा १० जनामध्ये नौ जनाले नियमित रूपमा तातो चिया पिउने गरेको बताएका थिए। टर्कीमा एकजनाले दैनिक कम्तिमा ३ देखि ५ कप चिया पिउने गरेको पाइछ । सो संख्या जाडो महिनामा बढेर १० कपसम्म पुग्छ ।

चियाको प्रमुख उत्पादक र निर्यातकर्ता केन्या पनि विश्लेषण गरिएका ५६ देशमध्ये उच्च स्थानमा रहेको छ, जसमा ८३ प्रतिशत उत्तरदाताले आफूले नियमित रूपमा चिया पिउने गरेको बताएका छन् । यसबीच, संयुक्त अधिराज्यमा ५८ प्रतिशतले चिया मन पराउने गरेको पाइएको छ । सन् २०२४ मा विश्वका उत्कृष्ट १० चिया उपभोक्ताहरुको तथ्यांक यहाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here