कमर्स क्याम्पसका प्रध्यापक विष्टको हत्याका थप आरोपी १७ बर्षपछी पक्राउ

काठमाडौं। नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्या भएको १७ बर्षपछी हत्यामा संलग्न भएको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्ट हत्याका आरोपी पक्राउ गरेको हो।

विष्ट हत्यामा संलग्न भएको आरोपमा तीन जना फरार रहेको बताइएको थियो। पक्राउ परेका आरोपीको पत्रकार सम्मलेन गरेर पक्राउ सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि हत्यमा संलग्न भएको आरोपमा ६ चैत २०८० मा धादिङ गंगाजमुना गाउँपालिका-७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् ।

२६ असार २०६४ मा ललितपुर महानगरपालिका-२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा भेटिएका थिए ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।मृतक ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

पक्राउ परेकी सोभिता थापा नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । क्याम्पसमा थापालाई विष्टले जिस्क्याएपछि विवाद सिर्जना भएको र उनले भाइ विनोदलाई भनेको र विनोदले मिल्ने साथीहरू रञ्जन खड्का र राजीव पाण्डेसँग मिलेर हत्याको योजना बनाएको बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here