पाँच प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

फाइल तस्वीर

काठमाडौं । बिहीबार पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउन समेत भनेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here