कक्षा १२ को नतिजा सार्वजनिक, ४७ दशमलव प्रतिशत विद्यार्थी अनुतिर्ण

८ साउन, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ५२ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।

नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुतिर्ण अर्थात नन ग्रेडेड भएका छन् ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here