तोलाको डेढ लाख पुग्यो सुनको भाउ

काठमाडौं। शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज सुनको भाउ तोलामै करिब डेढ लाख पुगेको छ ।

यसअघि साउन २ गते भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको रेकर्ड बनाएको थियो । आज सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबर सुन तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको भाउ भने प्रतितोला १७९५ रुपैयाँ मा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here