बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी दिन प्रभु साहले गरे माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन सरकारलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपालीहरुको अवस्था के छ,कति विद्यार्थी बंगलादेशमा छ, नेपाल फर्किएलगायतका जानकारी दिन आग्रह गरेका हुन् ।

आजपा अध्यक्ष साहले इजलरायलमा बेपत्ता विपिन जोशीको विषयमा पनि सरकारको ध्यानाकर्षण गरे । सरकारको गैरजिम्मेवारीपनकै कारण रुसमा नेपालीहरू अवैध रुपमा जानेक्रम नरोकिएको बताए । एक तिहाइ व्यक्ति नेपाल बाहिर रहेकाले उनीहरू समेतको सुरक्षाको ख्याल सरकारले गर्नुपर्नेमा जोड दिए ।

राजदूत नियुक्त गर्दा सम्बन्धित देशको ज्ञान भएको व्यक्ति छनौट गर्न र र विनाकारण फिर्ता बोलाउन नहुने बताए ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद शिशिर खनालले पनि बंगलादेशमा रहेका नेपालीहरुको अवस्थाबारे सरकारले जानकारी गराउनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here