आज राती अति भारी बर्षा हुने, सतर्क रहन आवह्वान

काठमाडां । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । आज दिउँसो विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुनेछ भने धेरै ठाउँमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक\दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । काठमाडौंमा अहिले भारी वर्षाका कारण विभिन्न स्थानहरु डुवानमा परेका छन् ।

आज रातिको समयमा झन् धेरै वर्षा हुने महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुने भएकोले बाढीपहिरोको जोखम हुने छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here