बंगलादेशको संसद् विघटन

काठमाडौं । बंगलादेशका राष्ट्रपति महोमम्द शाहबुद्दिनले संसद् विघटन गरेका छन् । राष्ट्रपति शाहबुद्दिनले एक प्रेस विज्ञप्ति जारी गर्दै संसद बिघटनको सूचना दिएका हुन् । विज्ञप्तिामा उल्लेख छ ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२ औं संसद् विघटन गरिएको छ ।’

बंगलादेशको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विपक्षी दलकी नेता खलिदा जिया जेलमुक्त भएको पनि उल्लेख गरिएको छ ।

गत जनवरी ७ मा निर्वाचनबाट बनेको संसद् विघटन गर्दै आज बिघटन गरिएको हो । सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here