खानेपानीको समस्या समाधानका लागि सबैले आफ्नो ठाँउबाट सहयोग गर्न आग्रह

गोरखा । खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले काठमाडौं उपत्यकामा खानेपानी व्यवस्था गर्नका लागि त्रिशुलीमा रिजर्भ गरि लिफ्टीं गर्न सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढेको बताए । काठमाडौमा थप खानेपानीको व्यवस्थाका लागि सो शिर्षकमा बजेट परिसकेको जानकारी उनले दिए ।

गोरखाको घ्याल्चोकमा आयोजित ‘घ्याल्चोकको खानेपानीको समस्या र समाधान’ विषयक अन्तक्रिर्या कार्यक्रमको अवसरमा उनले यस्तो बताएका हुन् । सो अवसरमा महानिर्देशक श्रेष्ठले आफुले देशैभरिको खानेपानीको समस्या समाधानका लागि योजना बनाएको बताए । साथै योजना पार्नुनै गाह्रो विषय भएकोले सबैले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा उनले घ्याल्चोकमा एकिकृत योजना परेकोले शुद्ध खानेपानीका लागि आफ्नोतर्फबाट सक्दो पहल गर्ने आश्वासन स्थानीयलाई दिए । उनले धवादी खोलामा पानी रिजर्भ गरिने योजना रहेको बताए । ‘ढल व्यवस्थापनका लागि बजेट परिसकेकोछ’ श्रेष्ठले भने ‘अब छिटै काम शुरु हुन्छ ।’

कार्यक्रममा गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिलसिना साकार,खानेपानी तथा ढल व्यवस्थापन विभागका उपप्रमुख बालमुकुन्द श्रेष्ठ तथा स्थनीय बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here