भारत भ्रमण सकेर स्वदेश फर्किए उद्योगमन्त्री दामोदर भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् ।‍

मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा बिमिस्टेकले भू-परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएका थिए।

पाँच दिने भ्रमणका क्रममा उनले भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गरेका थिए।

उनले कोलकातास्थित महावाणिज्यदूतावासको निरीक्षण गरी दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here