काठमाडौं । नवलपरासीको दाउन्नेमा भासिएको सडक मर्मत गर्दा सवारी आवतजावतमा रोक लगाइएको छ । भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो ।
दाउन्नेमा सोमबार राति सडक भासिँदा सुरुमा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो ।
विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा सडक भासिएको हो ।