टिजेएफ र नास आइटीबीच रणनीतिक सहकार्य

काठमाडौं । प्रविधि पत्रकार मञ्च टिजेएफ र नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज् नास आइटी बीच सहकार्य भएको छ ।

मंगलबार सोल्टि होटलमा आयोजित एक कार्यक्रमबीच नास आईटी र टीजेएफबीच रणनीतिक सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा टिजेएफका उमेश पौडेल र नास आइटीका रिचन श्रेष्ठले हस्ताक्षर गरे ।

नेपालको आइटी इकोसिस्टमको विकाश र प्रवद्र्धनका लागि क्षमता अभिबृद्धि र जनचेतनामा काम गर्ने गरी दुई संस्थाबीच सहकार्य गरिएको हो ।

सो अवसरमा नास आइटीका अध्यक्ष रिचन श्रेष्ठले नेपालको सूचनाप्रविधिमा भएको नयाँ प्रयोगहरुलाई प्रवद्र्धन गर्न तथा जनतासम्म पुर्याउन टिजेएफ भन्दा राम्रो अरु प्लेटफर्म नभएको बताए । टिजेएफ स्ुचना प्रविधि क्षेत्रमा लेख्ने पत्रकारहरुको गैर नाफामुलक छाता संगठन हो । नास आइटीले नेपाली सफ्टवेयर र आईटी उद्योगको बृद्धि र विकासमा काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here