एआई प्रयोग गरेर चरित्रहत्या गरिएको भन्दै उपमेयर सुनिता डंगोलले दिइन प्रहरीमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले सामाजिक सञ्जालबाट आफ्नो चरित्र हत्या भएको भन्दै साइबर व्युरोमा उजुरी दिएकी छिन् । बुधबार साइबर ब्युरोलाई पत्राचार गर्दै उपमेयर डङ्गोलले आफ्नो नाममा विभिन्न प्रकारका नक्कली फेसबुक पेज बनेको तथा तीनै पेजबाट चरित्रहत्या हुने किसिमका पोस्ट भएको भन्दै कारबाहीका लागि अनुरोध गरेकी हुन् ।

एआई प्रविधिबाट फोटो तथा भिडिओ एनिमेसन गरी सामाजिक सञ्जालमा हाली व्यक्तिको चरित्रहत्या गर्नेसम्मको कार्यहरू भइरहेकाले यथासम्भव चाँडो अनुसन्धान गरी उक्त भिडिओ, फोटो तथा समाचारहरू हटाइदिनुहुन र प्रयोगकर्तालाई कानून बमोजिम कारबाही गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,” ब्युरोलाई उमेयर डङ्गोलको सचिवालयले पठाएको पत्रमा लेखिएको छ ।

उपमेयर डङ्गोलले फेसबुकमा भएका आफ्ना नामका नक्कली फेसबुक पेज बन्द गर्न समेत ब्युरोलाई अनुरोध गरेकी छन् ।

उनले यसअघि १३ जेठ र २५ असारमा ब्युरोलाई पत्र पठाउँदै नक्कली फेसबुक पेज बन्द गराउन अनुरोध गरेको थियो । हालसम्म पनि ती फेसबुक पेज सञ्चालन भइरहेको पत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here