जीबी राई खोज्न प्रहरीलाई मलेसिया नै पठाइने

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सहकारी ठगी प्रकरणमा फरार गितेन्द्रबाबु राई (जीबी)खोज्न मलेसियामै प्रहरी पठाउने भएको छ। केही साताअघि प्रहरी प्रधान कार्यालयले प्रहरी पठाउने निर्णय गरेकोमा सो निर्णयलाई लिखित रुपमा गृह मन्त्रालय पठाएको हो।

सहकारी ठगीबारे अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले सहकारी प्रकरणमा विदेशमा रहेका २१ जनालाई फर्काएर ल्याउन गृह मन्त्रालयसँग माग गरेको छ । पछिल्लो समय अनुसन्धानमा रहेकाले पनि राईलाई झिकाउने प्रकृया सुरु गरिएको हो ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक राई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भइसकेको छ । बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ बढी ठगी गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here