गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

साथै स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा समेत तोडफोड गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here