धितोपत्र बोर्डको अध्यक्ष र सञ्चालक बन्न अधिकतम उमेर ६५ वर्ष तोकिदै

काठमाडौं । नेपाल धितोपत्रको अध्यक्ष र सञ्चालक बन्न ६५ वर्ष उमेर म्याद तोक्न लागिएको छ। सूचीकृत संस्थाको पदाधिकारी नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न नपाउने व्यवस्था हुन लागिको हो ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा दर्ता गरेको ‘धितोपत्रसम्बन्धी ऐन ०६३’ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्ड सञ्चालक समितिमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

हाल सेयर कारोबारमा संलग्न व्यक्ति धितोपत्र कारोबारमा सलंग्न भएको व्यक्ति बोर्डमा अध्यक्ष तथा सञ्चालक बन्न नपाउने व्यवस्था थियो ।

विधेयकमा बोर्ड अध्यक्ष तथा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्थामा ‘कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र प्राप्त गरेको व्यक्ति, कालोसूचीमा परेको व्यक्ति र ६५ वर्ष उमेर पूरा गरेको व्यक्ति,’ थप गर्नुपर्ने प्रस्ताव विधेयकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here