गुडिरहेको कारमाथि ढुंगा खस्यो, कारमा सामान्य क्षति

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि आज बिहान ८बजे ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ।

चितवनको ईच्छाकामना गाउँपालिका(५ को सडकखण्डको तीन नम्बर पुल नजिकै मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बीएडी ८३२२ नं को कारमा ढुंगा खसेको हो । प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ ।

भरतपुर महानगरपालिका २ का सन्तोष कचिलाले चलाइरहेका थिए । गएराति देखि नै चितवनसहितका आसपासका क्षेत्रमा पानी परिरहेकोको सावधानी अपनाएरमात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here