सुनको मूल्यले फेरी राख्यो नयाँ रेकर्ड, किन बढिरहेको छ भाउ ?

फाइलफोटो

काठमाडौं। नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार स्थानीय बजारमा सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको हो ।

मंगलबार प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। यो हालसम्मकै उच्च मूल्य हो ।

त्यसो त विश्व बजारमा सुनको मूल्य निर्धारणले नेपाली बजारमा घटबढ हुने हो । पछिल्लो समय विश्व बजारमा नै सुनको भाउ बढीरहदाँ नेपालमा त्यसको प्रत्यक्ष प्रभाव परेको हो । सुनको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको छ । सुनको उच्च मूल्यले फेडरल रिजर्भले चाँडै नै आफ्नो बेन्चमार्क ब्याज दर कटौती गर्ने अपेक्षा गरेको संकेत हुन सक्छ। चीनको नेतृत्वमा रहेका केन्द्रीय बैंकहरूले पनि अमेरिकी डलरमा निर्भरता कम गर्न सुन खरिद गरिरहेका छन् ।

केन्द्रीय बैंकहरू र लगानीकर्ताहरूले यो बहुमूल्य धातुलाई आर्थिक उथलपुथलको समयमा मूल्यको दीर्घकालीन, भरपर्दो भण्डारको रूपमा हेर्छन्। किनभने जब ब्याज दर घट्छ, सुनको मूल्य बढ्छ, किनकि बुलियन बन्डभन्दा बढी आकर्षक हुन्छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ। तर नेपाली बजारमा सुनको माग बढ्ने वा घट्ने गर्दा त्यसको मूल्यमा फरक पर्दैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here