दैनिक कति पिउने पानी ?

काठमाडौं । हाम्रो शरिरमा पानीको मात्रा कम हुँदा सामान्यदेखि जटिल रोगहरुले आक्रमण गर्ने सम्भावना हुन्छ । पानीले हाम्रो शरिरको भित्रि अंगमात्र होइन बाहिरी छालालाई पनि स्वस्थ बनाउन मदत गर्छ ।

शरिरमा पानीको कमी हुँदा धेरै भोक लाग्छ शरिरमा आवश्यक भन्दा बढी क्यालोरी जम्मा हुन्छ र मोटोपना बढ्छ । एउटा महिलाले दैनिक २ दशमलव ७ लिटर पानी र पुरुषले३ दशमलव ७ लिटर पानी खानुपर्ने स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।

पानी कम खाँदा कुनैपनि प्रकारको योगा वा कसरत गर्दा कमजोर महशुस हुन्छ । यदी तपाँईको पिसाबको रगं पहेँलो भने पान कम भएको थाहा पाउन सकिन्छ । प्रसस्त पानी नखाँदा शरिरमा नुन र मिनिरल्सको मात्रा बढ्ने हुँदा किड्नीको स्टोन हुने सम्भावना हुन्छ ।

पाचन प्रक्रिया कमजोर बनाउनुका साथै पायल्स फिस्टुला जस्त रोग लाग्छ । यदी तपाँई माइग्रेनको रोगी हुनुहुन्छ भने पानी कम खाँदा बढी टाउको दुख्छ । पानी कम खाँदा स्मरणशक्ति समेत कमजोर हुने सम्भावना रहन्छ । तपाँईलाई तिर्खा लाग्नु भनेकै डिहाइडे्रेसन हुनु हो अर्थात तपाँईको शरिरमा पानीको मात्रा कम भएपछी नै तिर्खा लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here