क्यानडामा भेटियो विश्वकै दोश्रो ठूलो हिरा, ४ करोड अमेरिकी डलर मूल्य

काठमाडौं । क्यानाडाको कम्पनी लुकारा डायमन्डको स्वामित्वमा रहेको खानीमा बोत्सवानामा २ हजार ४ सय ९२ क्यारेटको हिरा फेला परेको छ। यो हालसम्म फेला परेकोमा दोश्रो ठूलो हिरा भएको बताइएको छ। यसअघि सन् १९०५ मा दक्षिण अफ्रिकामा ३,१०६ क्यारेटको कलिनन हीरा फेला परेको थियो ।

बोत्सवानाको राजधानी गाबोरोनबाट करिब ५०० किलोमिटर उत्तरमा रहेको कारोवे खानीमा उक्त हिरा फेला परेको हो। बोत्स्वाना को सरकारले दक्षिणी अफ्रिकी राज्यमा फेला परेको यो अहिलेसम्मकै सबैभन्दा दोश्रो ठूलो हीरा भएको बताएको छ।

यसअघि सन् २०१९ मा बोत्स्वानामा १ हजार ७ सय ५८ क्यारेटको ढुंगा फेला परेको थियो। बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक मध्ये एक हो, जसले विश्वव्यापी उत्पादनको लगभग २० प्रतिशतहिस्सा ओगटेको छ। लुकाराले एक वक्तव्य जारी गर्दै उक्त पत्थर अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हीरामध्ये एक भएको बताएका छन्। लुकाराका प्रमुख विलियम ल्याम्बका अनुसार मेगा डायमन्ड रिकभरी एक्स–रे प्रविधिको प्रयोगबाट उक्त हिरा पत्ता लागेको हो ।

फर्मले पत्थरको रत्नको गुणस्तर वा यसको मूल्यको बारेमा विस्तृत विवरण दिएको छैन। तर बेलायतस्थित फाइनान्सियल टाइम्स अखबारले लुकाराका नजिकका मानिसहरुले उक्त पत्थरको मूल्य ४ करोड अमेरिकी डलर ९३ करोड ६लाख पाउन्डसम्म हुनसक्ने अनुमान गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here