ट्रान्जिटमा रहेका १७६ जना नेपाली नागरिक सकुशल

Brasília, 08 de abril de 2013. FAQUINI Foto: Ademir Rodrigues

काठमाडौं। ब्राजिलस्थित नेपाली राजदूतावासले ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिकहरु सकुशल रहेको बताएको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै सबै नेपाली नागरिकहरु सकुशल रहेको र आवश्यकता अनुसार मानवीय सहायता पुर्याउन दूतावास तयारी अवस्थामा रहेको बताएको छ। हालै ब्राजिलको साउपाउलो बिमानास्थलको ट्रान्जिट इलाकामा नेपाली सहित करिब ७०० विदेशीहरू रोकिएको समाचारबारे दूतावासले यस्तो जवाफ दिएको हो।

दक्षिण अमेरिकाका ब्राजिललगायतमुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देस्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ।

संगठित रुपमा संचालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ। कयौँले अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितमा फस्न पुगेको दूतावासले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here