बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैङ्कले ल्याएको ‘जुनियर एप’का के छन् विशेषता ?

काठमाडौं । बालबालिकालाई लक्षित गर्दै ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल जुनियर’ एप सार्वजनिक गरेको छ । बैङ्किङ क्षेत्रमै पहिलो पटक बालबालिकालक्षित बैङ्कले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैङ्किङ कारोबारसम्बन्धी अभ्यस्त गराउन यो एप ल्याइएको बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार परिवार र बालबालिकाबिच हुने नगद कारोबारलाई डिजिटल गराउनु यो एपको उद्देश्य हो । बैङ्कले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित ग्लोबल जुनियर एप सार्वजनिक गरेको जनाएको छ ।

साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न यो एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैङ्कको दाबी छ । यो एपमार्फत बालबालिकाले बचत गर्न तथा आफूलाई आवश्यक परेका बेला बचतको रकम खर्च गर्न सक्ने हुनाले यसले बालबालिकामा आर्थिक जिम्मेवारीको समेत विकास हुने बैङ्कले जनाएको छ ।

साथै आमाबुवाको निगरानी र मार्गदर्शनमा बालबालिकाका लागि ग्लोबल जुनियर एपमार्फत नवीनतम वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैङ्कले लिएको छ ।

आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाका लागि ग्लोबल जुनियर एपमार्फत नवीनतम वित्तीय सिकाइ अनुभव प्रदान हुने विश्वास बैंकको छ ।

उक्त एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकामा वित्तीय व्यवस्थापन सम्बन्धी क्षमता विकासका लागि सुरक्षित वातावरण समेत रहेको जनाएको छ ।

‘ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताका लागि डिजाइन गरिएको प्लेटफर्म हो,’ बैंकले सोमबार उक्त एप सार्वजनिक गर्दै भनेको छ, ‘एप बालबालिकाले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।’

ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वारी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधा रहेको बैंकले जनाएको छ । यो एप डाउनलोड गरेर पहिलो वर्षका लागि निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here