निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा ऐन चाँडै संसदबाट पारित गर्ने बताएकाछन् । शनिबार काठमाडौंमा आयोजित २१ औं निजामती सेवा दिवसको अवसरमा उनले निजामती सेवा ऐन पारित गर्ने समय आएको बताए ।

उनले भने ‘हामी अब निजामती सेवा विधेयकलाई ऐनको रुप दिनेछौ।’ उनले अव विधेयक पारित गरेर अघि बढ्ने जानकारी दिए ।

अहिले दुई ठूला पार्टीको सरकार भएकोले ऐन कानुन बनाउनका लागि संसदमा पनि सहज बहुमत रहेको प्रधानमन्त्री ओलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here