जाजरकोटमा खोलाले बगाएर एक बालक बेपत्ता

काठमाडौं । जाजरकोटको नलगाडमा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन् । नलगाड नगरपालिका–३, कैनामा झुप्रे खोलाले बगाउँदा ६ वर्षीय महान थापा बेपत्ता भएका हुन् ।

उनी आज बिहान १० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्न गएका थिए । बालक हराएपछी प्रहरीले खोजी गरेपनि फेला पार्न सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here