काठमाडौंका मूख्य बजार क्षेत्रमा आज चार घण्टासम्म बिजुली जाने

काठमाडौं । काठमाडौँका केही स्थानमा बुधबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भूमिगत प्रसारण लाइनमा काम गर्नुपर्ने भएकाले आज विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

जसअन्तर्गत रत्नपार्क वितरण केन्द्र मातहतका विभिन्न स्थानमा सेवा अवरुद्ध भएको छ । उक्त वितरण केन्द्र मातहतका अधिकांश स्थानमा प्रसारण लाइन भूमिगत गरिएको छ । भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि बुधबार बिहान ६ः३० देखि ११ बजेसम्म लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार महाबौद्ध फिडरअन्तर्गत पर्ने न्यूरोड गेट, रञ्जना हल, विशालबजार सवस्टेशनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६:३० देखि ११ बजेसम्म साढे ४ घण्टा लाइन काटिनेछ । यस्तै, रत्नपार्क बगैचा, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र बिजुली काटिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here