भेरी अस्पतालमा नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमरको शल्यक्रिया

काठमाडौं। भेरी अस्पतालमा पहिलोपटक नाकको प्वालबाट दूरबिन छिराएर पिट्युटरी ग्रन्थीको ट्युमर शल्यक्रिया भएको छ। दिमागको बीच भागमा रहने पिट्युटरी ग्रन्थीमा पलाएको मासुको डल्लो दूरबिन विधिबाट शल्यक्रिया गरिएको हो ।

यो जटिल मानिने शल्यक्रिया भेरी अस्पतालका न्यूरोसर्जन विशेषज्ञ डा. सुवोध गौतम र नाक, कान, घाँटी (ईएनटी) सर्जन डा.सगुन श्रेष्ठको नेतृत्वमा भएको हो।

उनीहरुले बर्दियाको गुलरिया नगरपालिका–१२ निवासी ५० वर्षीया सुप्नी थारुको भदौ १६ गते सफल शल्यक्रिया गरेका हुन् । उनको अहिले अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here