युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा इकु पक्राउ

काठमाडौं। कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुलाई आज पक्राउ गरिएको हो ।

इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरुमा गैर कलाकारलाई कलाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको छ ।

यसका लागि उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको सीआईबीले जनाएको छ ।

साथै विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको पाइएपछी पक्राउ गरिएको हो । इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here