प्रतितोला १ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

फाइलफोटो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । बुधबार हालसम्मकै उच्च मूल्य अर्थात् प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यता आज चाँदीको मूल्य भने केहि उकालो लागेको छ । यसअघि बुधबार प्रतितोला १७ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला १७ सय ९५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here