सर्वोच्चले भन्यो ‘धरौटी बुझाउन नसकेकालाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू ‘

काठमाडौं । सर्वोच्च अदालतले धरौटी बुझाउन नसकेर थुनामा रहेकाहरुलाई ६ महिनाभन्दा बढी कैदमा नराख्नू भनी फैसला गरेको छ ।

बैंकिङ कसुरको मुद्दामा कैद अवधि भुक्तान गरेर जरिवाना बुझाउन नसकेका कारण थुनामा रहेका एक व्यक्तिको मुद्दाको व्याख्याका क्रममा सर्वोच्चले यस्तो आदेश दिएको हो । अदालतले त्यस्ता मुद्दा ६ महिनाभित्र फैसला हुन नसके उनीहरुलाई थुनामुक्त गर्नु भनी आदेश गरेको हो ।

यससँगै धरौटी बुझाउन नसकेका थुनुवाहरु समयमा मुद्दाको फैसला नभए ६ महिनाभन्दा बढी थुनामा बस्न नपर्ने भएको छ। तर अदालतले थुनामा नै पठाउनु भनी आदेश गरेकाहरुलाई भने यो सुविधा हुनेछैन ।

सर्वोच्च अदालतले बैंकिङ कसुरको आरोप लागेका महेन्द्र प्रसाद मिश्रको नाममा आदेश जारी गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here