कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोट्र्स अवार्डको शुक्रबार ‘प्लेयर अफ दि इयर’को अवार्ड रोहितलाई प्रदान गरेको हो ।

उनी हाल क्यानडामा रहेकाले उनका आमा र दाजु राजु पौडेलले अवार्ड लिए । अवार्डमा रोहितसँगै दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here