तोलामा ३ सयले घट्यो सुनको भाउ

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सुन यस दिन १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

भदौको अन्तिम दिन सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९०५ रुपैयाँ रहेको चाँदी यस दिन १८९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here