म्हैपीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक जना घाइते

काठमाडौं । म्हैपीस्थित विष्णुमती करिडोर सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक बाग्लुङको बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय विनोद खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको ट्रमा सेन्टरमा उपचार गरिएको थियो । मोटरसाइकलमा सवार अर्का एक जना भने घाइते छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here