ओमानसँगको खेलमा एक विकेटले हार्यो नेपाल

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग(२ मा नेपालले ओमानसँग १ विकेटको हार बेहोरेको छ। लिगमा पाँचौं हार बेहोर्ने क्रममा नेपालले बिहीबार विहान क्यानडामा सकिएको खेलमा ओमानसँग हार बेहोरेको हो ।

नेपाल, ओमान र क्यानडाबीच जारी सिरिजमा नेपालले अघिल्लो खेलमा घरेलु टोलीसँग पनि हार बेहोरेको थियो।

बिहीबार नेपालले ओमानलाई २२१ रनको लक्ष्य दिएको थियो । ओमानले अन्तिम बल बाँकी छदा ९ विकेटको क्षतिमा पूरा गर्दै रोमाञ्चक जित निकाल्न सफल भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here