आइफोन १६ किन्नकै लागि भारतीय बसे २१ घण्टा लाइन !

काठमाडौं । आइफोन १६ सिरिज अन्ततः भारतमा उपलब्ध भएको छ। आइफोन १६ उपलब्ध भएपछी एप्पलका फ्यानहरु एप्पलको आधिकारिक स्टोरहरु, नयाँ दिल्लीको एप्पल साकेत र मुम्बईमा एप्पल बीकेसीमा नवीनतम डिभाइसहरु प्राप्त गर्न ठूलो संख्यामा लाइनमा उभिएका छन् ।

एएनआईका अनुसार केही फ्यानहरु एप्पल बीकेसी स्टोरअगाडि २१ घण्टासम्म लाइनमा उभिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मानिसहरू आईफोन १६ किन्न बिहीबारदेखि एप्पल स्टोरमा लाइन बसेका हुन् । आईफोन १६ सिरिज भारतका एप्पल स्टोरहरुम शुक्रबारदेखि उपलब्ध भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here