सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई लगियो अदालत

काठमाडौं । सहकारी ठगी प्रकरणमा आइतबार पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

उनलाई हिजो काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो । आज म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीको आरोपमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई समेत कारबाही सिफारिस गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here