परराष्ट्रमन्त्री राणाले गरिन विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइमा सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् ।

असंलग्न राष्ट्रहरुको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सोमबार अमेरिकाको न्युयोर्कमा सम्बोधन गर्दै मन्त्री डा राणाले जोशीको रिहाइका लागि विश्व समुदायसँग पहलका लागि आग्रह गरेकी हुन् ।

उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको बताइन। गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो ।

सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । सम्बोधनका क्रममा मन्त्री डा राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here